आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दिल्ली विधानसभा चुनावको मतदान सुरू

312
shares

दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ।दिल्लीका ७० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो।

मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्।

दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्।दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।

आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports