दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ।दिल्लीका ७० विधानसभा सिटका लागि निर्वाचन भइरहेको हो।
मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ।यस चुनावमा लगभग १.५६ करोड मतदाताले मतदान गर्नेछन्।
दिल्लीको चुनावमा ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन्।दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ।
आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो।२०१५ मा आम आदमी पार्टीले ७० मध्ये ६७ सिट जितेको थियो भने २०२० मा ६२ सिट जितेको थियो।