kumari
stcnepal

पूर्वराजा आफ्नो घर जाँदा राज्यसत्ता नै हल्लियो, कति पानीमा बसेका रहेछन् त दलहरु : संसदसमेत तर्सियो ?

काठमाडौ । फागुन २५ गते पूर्वराजा पोखराबाट काठमाडौ आउने क्रममा त्रिभुवन विमानस्थलबाट आफ्नो निवास निर्मल निवासमा जाँदा जनताले पूर्वराजालाई गरेको स्वागतले संघीय संसदको प्रतिनिधिसभाको बैठकमा नेताहरुले गरेको रोइलोले गर्दा लाग्छ उनीहरुलाई नै अहिलेको व्यवस्थाप्रति विश्वास छैन । २०६२÷६३ को आन्दोलनपछि अहिलेकै यिनै प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले नै सरकार सञ्चालन गरिरहेका छन् ।
२०६२÷६३ पछि माओवादी केन्द्र कुनै न कुनै अवस्थामा सरकारमा सहभागि हुँदै आएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ३ पटक र अहिले नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईपनि १ पटक प्रधानमन्त्री रहेका थिए । यिनै दलहरुले जनतालाई झुठा आश्वासन बाँडेर सत्तामा पुगेका र सत्तामा रहेका बेला जनताको हित भन्दा राम्रालाई होइन हाम्रालाई नियुक्ति दिने गरेका हुनाले अहिले जनताले त्यसको विरोध गरेका हुन् । सत्तालाई कमाई खाने भाँडो र जनतालाई नै वेवास्ता गरिएका कारण जनता सडकमा आएका हुनु ।
२७ गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं संसदको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले गरेको सम्बोधनमा उनले आफ्नो नेतृत्वको सत्ता गुम्दाको पिडा पोखेका छन् । संसदमा बोल्दै उनले अहिलेको सरकारले काम गर्न नसकेको र जनताको कुरा नसुनेको उद्घोष समेत गरेका थिए भने उनले ठुला ठुला भ्रष्टाचारको काण्डमा भ्रष्टाचारीहरुलाई कारबाही गर्न नसकेको आरोप सरकारमाथि लगाएका थिए । नक्कली भुटानी शरणार्थी काण्ड, बालमन्दिरजग्गा काण्ड लगायतका काण्डमा संलग्न भएका व्यक्तिहरुलाई कारबाही नगरिएको उद्घोष दाहालले गरेका थिए ।
तर तिनै दाहाल प्रधानमन्त्री रहेका बेला ललिता निवास जग्गा प्रकरणमा संलग्न भएका तत्कालिन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराई अनि पूर्व मुख्यसचिव लिलामणि पौडेललाई कारबाही नगर्ने निर्णय उनले गरेका थिए । यसरी आफूले गरेको गल्तीलाई स्वीकार गर्नुको बदला मुलुकमा सत्तारुद दलका नेता र कार्यकर्ताले दण्डहिनताको अवस्था ल्याएको आरोप उनले लगाउन भ्याएका थिए । आफूले गर्दा जे पनि ठीक अरुले राम्रो गर्दा गर्दै पनि बेठिक प्रवृत्ति दाहालमा देखियो ।
दाहालमा पछिल्लो समयमा १८ महिनासम्म प्रधानमन्त्री रहेका थिए । कहिले कांग्रेस त कहिले एमालेको समर्थनमा प्रधानमन्त्री बन्न सफल भएका दाहालले १८ महिनासम्ममा मुलुक र जनताको हितमा के उल्लेखनीय कार्य गरे त ? अब त्यसको जवाफ दाहालले जनतालाई किन दिनु नपर्ने ? जनताले पूर्वराजालाई स्वागत गरेर उनको समर्थनमा नारा लगाए भनेर कुर्लिनु भन्दा आफ्नो पक्षमा पनि जनता त्यसैगरी सडकमा आउने वातावरण सिर्जना गर्न किन नसकेका त ? तिनै दाहालले अहिले आएर मिटरव्याजी, गुठी पीडित, लघुवित्त पिडित, सहकारी पिडित लगायत अन्य पिडितको समस्या समाधान नभएको बताएका थिए ।
यी सबै समस्याहरु दाहाल प्रधानमन्त्री रहेकै बेला उठेका थिए । सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई आफू नै प्रधानमन्त्री रहेका बेला संसदीय समितिमै पुगेर लामिछाने निर्दोष रहेका र उनको विरुद्धमा कहिँ कतै उजुरी नपरेको बताउँदै तत्कालिन महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकलाई समेत त्यस्तै अभिव्यक्ति बोल्न बाध्य पार्ने दाहालनै होइन र ? महान्यायाधिवक्ता कार्यालयले त समितिलाई पत्र लेखेर कहिँकतै उजुरी नपरेको भन्दै क्लिन चीट नै दिएको होइन र ?
पुष्पकमल दाहालले अहिले आफ्नो नेतृवको सत्ता गुम्दाको पिडा सरकारमाथि पोखिरहेका छन् । उनैले कांग्रेस, एमाले मिलेर सरकार बनाउन चुनौती दिएका थिए । कांग्रेस, एमालेले दाहालको चुनौतीलाई स्वीकार गर्दै गत असार १७ गते ७ बुँदे सहमति गरेर सरकार निर्माण गरेपछि दाहाल अहिले जनतालाई झुक्याउनुका लागि अनेक नाटक गर्दै आएका छन् ।
जनतालाई विश्वासमा लिएर अघि बढ्नुको बदला राम्रालाई भन्दा हाम्रालाई महत्वपूर्ण ठाउँमा नियुक्ति दिने र योग्य र सक्षम भएपनि पैसा नहुनेले कहिँ ठाउँ नपाउने र जनताले पाउनुपर्ने सेवा सुविधामा समेत तेरो र मेरो हुने गरेको हुनाले नै जनता सडकमा आएका हुन् ।
पूर्वराजा एयरपोर्टबाट आफ्नो घर जाँद तर्सन सक्ने दाहाल र राजनीतिक दल अनि तिनका नेताहरु मात्र होइन संसदनै तर्सनु पर्ने अवस्था देख्दा लाग्छ उनीहरुलाई आफैँमाथि विश्वास छैन । राज्यसत्ता नै तर्सनुपर्ने अवस्था सिर्जना पनि दल र तिनका नेताहरुले नै गरेका हुन् । पुष्पकमल दाहाल त सत्ता गुम्दाको पिडा पोख्दै आएका हुनाले कतै पूर्वराजाको विरोध गर्दा कांग्रेस एमालेले फेरी सत्तामा पु¥याईदिन्छ कि भन्दै ¥याल चुहाउन थालेको जस्तो देखिएको छ । कांग्रेस एमालेमात्र डुब्ने होइन डुब्दा पहिला दाहाल नै डुब्ने छन् ।

footer