ओली सरकारका गफ ठुला अर्थतन्त्र खस्कदो अवस्थामा, ६ महिनाको विकास खर्च १८ प्रतिशतमात्र

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको आउँदो हप्ता एक वर्ष पुग्दैछ । ओली प्रधानमन्त्री बन्दा जनतामा जुन आशा एवं विश्वास थियो त्यो क्रमश घट्दै गएको छ । एक वर्षको समयमा सरकारले नगन्य मात्रामा उपलब्धि हाँसिल गरेको छ । जुन गतिमा सरकारले काम गर्न सक्नुपर्दथ्यो त्यो गतिमा काम हुन सकेको छैन । सरकारले गर्ने गरेका हरेक निर्णयहरु विवादको घेरामा पर्ने गरेका छन् । मन्त्रिपरिषद्का निर्णयहरु समेत विवादमा पर्ने गरेका हुनाले सरकारले आफैँले…

पुरा पढ्नुहोस

सरकार आफ्नो निर्णयमा अडिग रह !

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी सत्ताधारी दलसमेत हो । उसको स्थायी कमिटीको बैठकमा केही केन्द्रीय समितिका सदस्यहरुले केही व्यक्तिहरुलाई भ्रष्टाचारी भनि तत्काल पदबाट मुक्त गर्न पार्टी र सरकारलाई दबाव दिएका छन् । नेपाल सरकारले नियुक्त गरेका व्यक्तिलाई विना आधार विना प्रमाण भ्रष्टाचारीको पगरी लगाउने अधिकार उनीहरुलाई कसले दियो ? सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई ५ वर्षका लागि नियुक्ति गरेको हो । झा पहिला पनि नेपाल आयल निगमको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् ।…

पुरा पढ्नुहोस

मलेसियाको रोजगारी : खुट्टा नकमाउन श्रममन्त्रीलाई विज्ञको सुझाव

काठमाडौं– मलेसियासँग गरेको श्रम सम्झौता खुट्टा नकमाई कार्यान्वयन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई रोजगार विज्ञहरुले सुझाव दिएका छन्। रोजगारदाता देशसँग सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्दा श्रमिकको सुरक्षा हुने भन्दै उनीहरुले कसैको दबाबमा परी पछि नहट्न मन्त्रीलाई सुझाव दिएका हुन्। मलेसियासँग भएको श्रम सम्झौता नेपालका लागि एउटा राम्रो अवसर भएको रोजगारविज्ञ गणेश गुरुङले बताए। ‘सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षामा ध्यान दिनुपर्छ। रोजगारीमा जाने कामदारको हकहितसँग सिधै श्रम सम्झौता जोडिएको हुन्छ,’…

पुरा पढ्नुहोस