kumari
stcnepal

गोकुल बास्कोटाको व्यङ्ग्य सत्ता गठबन्धनको कान्छी राजमो

काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता गोकुल प्रसाद बाँस्कोटाले राष्ट्रिय जनमोर्चालाई ‘मोहन विक्रम कान्छी’ भनेका छन् । उनले ट्वीट मार्फत् सत्ता गठबन्धनको स्थानीय निकायमा सिट बाँडफाँडको अंकगणितको अनुमान उल्लेख गर्दै जनमोर्चालाई मोहनविक्रमकी कान्छी भनेका हुन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीलाई माकुने भनेका छन् ।

गोकुल बाँस्कोटाले ट्वीट मार्फत् लेखेका छन्ः गठवन्धन गणित कांग्रेस ४००ं माके २८८ माकुने १६२ं जसपा १५०ं मोहनबिक्रमकी कान्छी ४७ – ७५३ = सम्पुर्ण सत्ता कब्जा

बाँस्कोटाले ७५३ स्थानीय निकायको कूल सिट मध्ये काँग्रेसले ४००, माओवादी केन्द्रले २८८, नेकपा एकीकृत समाजवादी पार्टीले १६२, जनता समाजवादी पार्टीले १५० र राजमोले ४७ सिट पाउने अनुमान समेत उल्लेख गर्दै व्यङ्ग्य गरेका छन् ।

 

 

 

footer