kumari
stcnepal

तनहुँमा एमाले र कांग्रेसका पूर्व नेता जोशी समूह बीच तालमेल हुने

तनहुँ । नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह सँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरु बीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो । नेकपा एमाले तनहुँ र जोशी समूहका ४-४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गर्ने निर्णय पनि भएको छ ।

गोविन्दराज जोशी समूहले तनहुँका पालिकाहरुमा एमाले सँग तालमेल गर्ने सहमति भएको  बताए । ‘एमाले सँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको छ,’ उनले भने । तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेल विरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि पार्टी बाट निस्कासन गर्ने निर्णय गरेको थियो ।

जोशी माथि एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएपछि बनेको नेकपाका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई जिताउन भूमिका खेलेको आरोप थियो । तत्कालीन नेकपा एमालेका सांसद श्रेष्ठ, एमाले विभाजनपछि हाल माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन् ।

 

 

footer