kumari
stcnepal

गठबन्धनले टुंगो लगाउन सकेन पोखरा महानगरको भागबण्डा

काठमाडौं । पोखरा महानगरपालिकामा भागबण्डाको विषयमा सहमति हुन नसक्दा सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन बन्न पुगेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी र काँग्रेसले आ-आफ्नो दाबी नछाड्दा सहमति जुट्न नसकेको हो ।

अन्य महानगरपालिकाको विषयमा भने सहमति जुटेको बैठक पछि एक नेताले जानकारी दिए । ती नेताका अनुसार चितवनको भरतपुर महानगरपालिका माओवादीलाई दिने सहमति भएको छ । यस्तै जसपालाई वीरगन्ज तथा बाँकी महानगरपालिका काँग्रेसले लिने गरी भागबण्डामा सहमति जुटेको छ ।

पोखराकै विषयमा सहमति नजुटेपछि पुनः होमवर्क गरेर मंगलबार बस्नेगरी आजको बैठक सकिएको ती नेताको भनाइ छ । महानगरको विषय टुंगिए पनि उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटाउन प्रयास हुने गठबन्धनका नेताहरुले बताएका छन् ।

बैठक पछि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महानगर र उपमहानगरपालिकामा तालमेल गर्न गठबन्धन दलहरु सहमति नजिक पुगेको बताए । उनले मंगलबार साढे ११ बजे पुनः बैठक बसेर सहमतिलाई अन्तिम रुप दिइने दाबी गरे । ‘सबै ठाउँमा सहमतिको नजिक पुगेका छौँ । अन्तिम रुप दिनका लागि भोलि साढे ११ बजेपछि यहाँ यसरी मिल्यो भनेर जानकारी गराउँछौँ’, बैठकपछि भने । उनले ६ महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा सहमति नजिक पुगिएको दाबी गरे ।

 

 

footer