kumari
stcnepal

एमालेले थप्यो बिभाग, अन्य आठ वटा निर्णय

काठमाडाैं | नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक विभिन्न ८ वटा निर्णय गर्दै सम्पन्न भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनावी घोषणापत्र पारित गर्ने सहित विभिन्न ८ वटा निर्णय गरेको हो।

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले चुनावी घोषणापत्र पारित गरेको जानकारी दिए । घोषणापत्र तयारी समितिले आफ्नो रिपोर्ट पेश गरेको र सोलाई बैठकले पारित गरेको उनको भनाइ छ । ‘पार्टीले स्थानीय तह निर्वाचनको क्रममा घोषणापत्र मस्यौदा तयारी समिति जुन बनाएको थियो । सो समितिले आफ्नो अन्तिम रिपोर्ट पेश गरेको छ र वैशाख ३० गतेको चुनावलाई केन्द्रीय कमिटीले तयार गरेको घोषणापत्र आज तयार भएको छ’, बैठकपछि गुरुङले भने । घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने एमालेको तयारी छ।

बैठकले १२ वटा विभाग थप गरेको छ। बैठकले हाल कायम रहेको विभागमा १२ विभाग थप गर्ने निर्णय भएको गुरुङले जानकारी दिए । यस्तै सल्लाहकार परिषद्को आकार पनि बढाउने निर्णय गरेको छ । हाल कायम रहेको १७३ सदस्यीय सल्लाहकार परिषद्मा १०५ जना थपेर २७८ जना बनाइएको गुरुङले जानकारी दिए । सल्लाहकार परिषद्को सिफारिसलाई बैठकले अनुमोदन गरेको हो। यस्तै सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गरिएको छ ।

 

 

footer