kumari
stcnepal

लोसपाका वडाध्यक्ष एमालेमा प्रवेश

धनुषा । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट सिफारिस भएका जानकीराम साह मेयर बन्नका लागि नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार जनकपुरधाम–७ को वडाअध्यक्षमा निर्वाचित समेत रहेका साहले काठमाडौं स्थित बालकोटमा पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओली बाट टिका टालो गर्दै प्रवेश गरेका हुन् ।

मेयर पदका प्रत्यासी रहेका साहले लोसपा बाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपालाई परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । लोसपा नेपालले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको छ । लोसपा नेपालले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र संजय कुमार चौधरीलाई सिफारिस गरेको छ ।

 

footer