kumari
stcnepal

सत्ता गठबन्धन कुनै हालतमा टुटाउनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कुनै हालतमा टुटाउने नहुने बताएका छन् । मंगलबार नेविसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि त्यो षड्यन्त्र असफल पार्नुपर्ने बताए ।

‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । गठबन्धन टुट्यो भने के हालत हुन्छ ? त्यस्तो अवस्था नआओस्, संविधान अनुसार कसैको बहुमत आउने अवस्था छैन’, प्रधानमन्त्री देउवाले भने, ‘त्यसकारणले कसै सँग त गठबन्धन गर्नै पर्‍यो । काँग्रेस ठुलो होस् हामी सानो नै हुन्छौ भनेका छन् उनीहरुले, अनि मैले के गल्ती गरेँ ?’ उनले गठबन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्दै आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए । ‘म प्रधानमन्त्री भइसके अब तपाईहरु हुनुस् भोलि,’ देउवाको भनाइ छ ।

 

 

footer