kumari
stcnepal

एकीकृत समाजवादीको घोषणा पत्र जारी, ५ हजार लिटर पानी र २०० युनिट बिधुत निशुल्क दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।

यस्तै खानेपानीको सुविधा नपुगेका स्थानमा अनिवार्य रुपमा पुर्याइने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यसैगरी प्रत्येक घरपरिवारलाई २०० युनिट बिजुली निःशुल्क रुपमा दिइने पनि घोषणा गरिएको छ । स्थानीय सरकार मार्फत हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिट सम्म विद्युत महसुलमा छुट दिइने समाजवादीको भनाइ छ । यस्तै विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली बालिने पनि समाजवादीको प्रतिबद्धता छ ।

 

 

 

 

footer