kumari
stcnepal

गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश, अधिकारी काममा फर्किने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बनको निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चको अन्तरिम आदेश सँगै अधिकारी काममा फर्किने भएका छन् ।

मन्त्रीपरिषदको वैठकले छानबिनका लागि भन्दै गभर्नर अधिकारीलाई निलम्बन गरेपछि गभर्नर अधिकारी सर्वोच्च पुगेका थिए । उनले आइतबार रिटमा दर्ता गराएका थिए । यस्तै सरकारका नाममा कारण देखाउ आदेश जारी गरिएको छ ।

अधिकारीको रिट हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अधिकारीले सरकारको निर्णय उत्प्रेषणको आदेश बाट बदर गरी गभर्नरको रुपमा काम गर्न कुनै बाधा अबरोध नगर्न/नगराउन परमादेश लगायत आवश्यक आज्ञा आदेश जारीको माग गरेका थिए ।

अधिकारीले दर्ता गरेको रिटमा आफुले ऐनले तोकेका सबै जिम्मेवारी पूर्ण प्रतिवद्धताका साथ गरेको दाबी गरिएको छ । सरकारले उनलाई इमेल बाट पत्र पठाउँदै कार्यक्षमताको अभाव भएको उल्लेख गरी निलम्बन गरेको थियो तर त्यस पत्रमा कुन काम कार्यान्वयन नगर्दा भन्ने उल्लेख छैन । अधिकारीले सरकारले सरकारले दुराशय राखी पदबाट हटाउन अथमन्त्रीको आफन्तको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको आरोप लगाएका छन् ।

 

 

footer