kumari
stcnepal

नेपाल पत्रकार महासंघको धर्ना कार्यक्रम जारी

काठमाडौं। नेपाल पत्रकार महासंघले आफ्नो धर्ना कार्यक्रमलाई जारी राखेको छ । पारिश्रमिक साथै कान्तिपुर टेलिभिजनले पत्रकार दिपा दाहाललाई निष्काशन गरेको लगायतका विषयमा महासंघ हिजो देखि चरणवद्ध संघर्षको कार्यक्रममा उत्रिएको हो ।

आन्दोलनको पहिलो दिन महासंघको नेतृत्वमा तीनकुने स्थित कान्तिपुर टेलिभिजनको कार्यालयको गेटमा मध्यान्ह १२ बजे देखि दिउँसो साढे १ बजे सम्म धर्ना कार्यक्रम आयोजना गरिएको थियो । धर्ना कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल, सल्लाहकार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी लगायतको उपस्थिति थियो ।


धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघ जुन उद्देश्यका साथ आन्दोलनमा उत्रिएको हो, त्यसको गन्तव्यमा नपुग्दा सम्म पछि नहट्ने बताए । महासंघका सल्लाहकार निर्मला शर्माले निष्कासित पत्रकार दिपा दाहाल लगायत विना कारण निकालिएका पत्रकारको पुनर्बहालीको माग गर्दै महासंघले शुरु गरेको आन्दोलन प्रति ऐक्यबद्धता जनाइन् ।

महासचिव रोसन पुरीले पत्रकार दिपा दाहालको पुनर्बहाली र न्यूनतम पारिश्रमिक मात्र नभइ अव श्रमजीवी पत्रकार ऐनको सम्पूर्ण रुपमा कार्यान्वयन कान्तिपुरले गर्नुपर्ने बताए ।

 

 

footer