kumari
stcnepal

कांग्रेस महामन्त्री विश्वप्रकाशले मागे अर्थमन्त्री शर्माको राजिनामा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फरक शैलीमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् । उनले अर्थमन्त्री शर्माको नाम नलिएर पूर्वअर्थमन्त्री एवम् कांग्रेस नेता महेश आचार्यलाई सम्झँदै राजीनामाको कुरा उठाएका हुन् ।

कांग्रेस नेता आचार्यको तस्वीर शेयर गर्दै उनले लेखेका छन्, बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्–नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति । महामन्त्री शर्माले अहिले समयले नेता आचार्यलाई सम्झना गरिरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्,‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर विदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्री बाट राजीनामा दिनुभयो ।’

सर्वोच्च अदालतले महाप्रसाद अधिकारीलाई पुनः राष्ट्र बैंकको गभर्नर पदको जिम्मेवारी सम्हाल्न अन्तरिम आदेश दिए सँगै अहिले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने प्रतिक्रियाहरू आइरहेको छ । महामन्त्री शर्माले पनि सोही सन्दर्भमा यस्तो विचार राखेका हुन् ।

 

 

footer