kumari
stcnepal

सर्वोच्च अदालतको आदेश बोकेर नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नियमित काममा फर्किए

काठमाडौं । सर्वोच्च अदालतले निलम्बन कार्यान्वयन नगर्ने अल्पकालीन अन्तरिम आदेश दिए सँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियमित काममा फर्किएका छन् । बुधबार बिहान सर्वोच्च अदालतको आदेश बोकेर अधिकारी राष्ट्र बैंक प्रवेश गरेका हुन् ।

बालुवाटार स्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालयमा सम्पूर्ण कर्मचारीले अधिकारीलाई स्वागत गरे । उनको सम्मानमा सबै कर्मचारीले एकैपल्ट ताली बजाएका थिए । तालीको गडगडाहटले बालुवाटार गुञ्जयमान भएको थियो ।


राष्ट्र बैंकमा कम्तिमा १३ गतेसम्म पुनर्वहाली गर्दै अधिकारीले संकटको घडीमा विशेष परिस्थिति सिर्जना भएकामा सर्वोच्च अदालतले आशाको सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिए । निलम्बन जस्तो काम व्यत्ति माथि नभएर स्वायत्त संस्था माथिको आक्रमण रहेको उनको भनाइ छ ।

आगामी दिनमा पनि काम गर्न चुनौती रहेको बताउँदै अधिकारीले आफू अर्थतन्त्रको हीतमा काम गर्न प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका थिए ।

 

 

footer