kumari
stcnepal

आफूले ठेक्का लिएको स्थानिय तह बाहेकका स्थानिय तहको निबाॅचनमा ठेकेदारले उम्मेदवार बन्न पाउँने

काठमाडौं ।सर्वोच्च अदालतले ठेकेदारलाई शर्त सहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको छ । निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर रिट माथि सोमबार सुनुवाई गर्दै सर्वोच्चले ठेकेदारलाई शर्त सहित उम्मेदवार बन्ने बाटो खुला गरिदिएको हो ।

दायर रिट माथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले यस्तो आदेश दिएको हो । आदेशमा सम्बन्धित पालिकामा ठेक्का कारोबार नभएका ठेकेदारलाई मात्रै उम्मेदवार बन्नसक्ने उल्लेख छ । ‘स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तह बाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुन बाट नरोक्नु भनी प्रत्यर्थी निर्वाचन आयोगका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) को खण्ड (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ ।

 

 

 

footer