kumari
stcnepal

नेपालगञ्जको नेतृत्वमा गठबन्धन बीच कुरा नमिल्दा गठबन्धनको बैठक निष्कर्षबिहीन

काठमाडौं । अधिकांश महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्व भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद मिलाउन नसक्दा बैठक लम्बिएको छ । आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।

मंगलबार राति ९ वटा उपमहानगरपालिकाको नेतृत्वको भागवण्डा टुंग्याएको सत्तारुढ गठबन्धनमा जनकपुर र नेपालगञ्जमा भने विवाद थियो । बुधबार जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टीले लिने सहमति भएको बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले बताए । तर नेपालगञ्जमा भने कांग्रेस र जसपा दुबैले दाबी छाडेका छैनन् ।

‘अरु सबै मिलिसक्यो, नेपालगञ्जको बारेमा कुरा अड्किएको छ,’ पौडेलले  भने, ‘जसपाले नेपालगञ्ज नछाड्न नमान्दा कांग्रेस र जसपा बीचमा कुरो मिलेको छैन ।’ मंगलबारको बैठकमा नेपालगञ्ज नेपाली कांग्रेसलाई छाडेर जनकपुर लिन जसपा तयार भएको थियो । तर, नेपाली कांग्रेसले जनकपुर पनि छाड्न मानेको थिएन । बुधबारको बैठकमा जनकपुर छाड्न कांग्रेस तयार हुँदा जसपाले नेपालगञ्ज पनि छाड्न नमानेपछि लिखित सहमति सार्वजनिक गर्न ढिलाइ भइरहेको पौडलेले बताए।

 

 

 

 

footer