kumari
stcnepal

जनताप्रति नेकपाको बेइमानी

काठमाडौ । सत्ताधारी दल भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग आइतरबा (२३ गते) झण्डै ३ घण्टासम्म वार्ता गरेका छन् । नेता नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न पार्टीका दोस्रो तहका नेताहरु डा. भीम रावल, सुरेन्द्र पाण्डे र रघु पन्तलाई साथमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको सम्बन्धमा तिक्तता बढ्दै गएकोले नेकपा एमालेका पूर्व नेताहरुसँगको छलफललाई अघि बढाउँदै आएका छन् । पार्टीभित्र गुटगत तिक्तता चुलिएपछि पार्टीका औपचारिक बैठकहरुमा मात्र भेट हुने गरेका ओली र नेपालबीचमा कार्तिक महिनामा मात्र चार पटक भेटघाट भएको छ ।

पछिल्लो समयमा पार्टीका वरिष्ठ नेताले पार्टीका कार्यकारी अध्यक्ष दाहाललाई साथ दिँदै आउनुभएको छ । कार्तिक २१ गतेमात्र कार्यकारी अध्यक्षले बोलाएको पार्टीका अनौपचारिक बैठकमा नेता नेपाल सहभागि हुनु भएको थियो भने २२ कार्तिकमा प्रधानमन्त्री ओलीलाई पार्टीको सचिवालय बैठक हुँदै स्थायी कमिटीका बैठक र केन्द्रीय समितिको बैठक बोलाउनु लिखित पत्र बुझाउन नेता नेपाल सहित पार्टीका कार्यकारी अध्यक्ष दाहाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुग्नुभएको थियो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण हुँदा पार्टीका सबै काम दुवै अध्यक्षको सहमतिमा हुने उल्लेख गरिएको भएपनि केही महिना अगाडि दाहाललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । त्यसबेला ओलीले पाँच वर्षसम्म नै प्रधानमन्त्री रहने र पार्टीको नेतृत्व दाहालले गर्ने भनिएको भएपनि पार्टी अध्यक्ष दाहालले सरकारका काम कारबाहीमा हस्तक्षेप गर्न थालेपछि पार्टीभित्रको आन्तरिक द्वन्द्व सडकमै छताछुल्ल हुन पुगेको हो ।

नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष दाहालले आफ्नो पक्षमा बहुमत रहेको भन्दै अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अल्पमतका आधारमा एक्ले पार्न खोजेपछि विवाद उत्पन्न भएको र त्यही विवादका कारण ओली सरकारले जनताका समस्या समाधानमा भन्दा सरकार बचाउनका लागि समय दिएको हुनाले जनताका समस्याहरु समाधान हुन सकिरहेका छैनन् । कोरोनाले जनता आक्रान्त भईरहेका बेला सत्ताको लुछाचुँडीमा सत्ताधारी दल लाग्नु र त्यसका नेताहरु नै भागवण्डाको आधारमा अघि बढ्न खोज्नु जनताप्रतिको नेकपाको बेइमानी हो ।

footer