kumari
stcnepal

राप्रपामा चट्य्राङ्ग परिसकेछ

 

काठमाडौं । कमल थापा, डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा एक भएर वैकल्पिक शक्ति बन्ने हुँकार सेलाएजस्तो छ । अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तिव्रगति लिन सक्दैन । यो नैसर्गिक सत्य हो । यो सत्य नवुझेको होईन, तर तिव्रगति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो । गतिहिन नै होला भन्ने सोचिएन । दुई अल्छी घोडाको बिचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला ? च्यापिएर थलापर्न बेर छैन ।’
यसबाट थाहा हुन्छ– अध्यक्ष कमल थापा फेरि एकीकरण प्रयत्नमा थाकेको अनुभव गर्दैछन् । यता लोहनी र राणा पनि कमल थापाविरुद्ध छिर्की लगाएका अभिव्यक्तिहरु दिन थालेका छन् ।
कतै पूर्वपञ्चहरुको सिङ्गो राप्रपा वैकल्पिक शक्ति बन्ने सपना भित्रभित्रै कुहिएर तुहिसकेको त होइन ?
तीन नेताले संयुक्त वक्तव्य दिएर कार्यकर्तालाई प्रष्ट पार्नुपर्ने आवाज पो सुनिन थाल्यो राप्रपाभित्र ।

footer