kumari
stcnepal

मापदण्डलाई धोती मापदण्ड विपरित थपिए सुरक्षाकर्मी

 

काठमाडौँ । नेपाली काग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बनेको एक हप्ता नपुग्दै सरकारले मापदण्ड विपरित कार्य गर्न शुरु गरेको छ । सरकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल को लागि सुरक्षाकर्मी थप गरेको छ । गृहमन्त्रालय काग्रेसकै नेता बालकृष्णा खाँडले समालेका छन् । गृहमन्त्रालयले पटके निणर्य गर्दै अध्यक्ष दाहालका लागि सुरक्षाकर्मी थप गरेको हो ।
अघिल्लो केपी ओली नेतृत्वको सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा सम्वन्धी मापदण्ड २०७७ जारी गर्दै दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

दाहालको सुरक्षामा त्यसवेला नेपाल प्रहरीका डिएसपी सहित २६ र सशस्त्र प्रहरीका इन्सपेक्टर सहित ४७ जना सुरक्षाकर्मी खटिदै आएकोमा त्यसलाई कटौती गरी १८ जनामा सिमित गरेको थियो । पूर्व प्रधानमन्त्रीका लागि सशस्त्र प्रहरी १६ र नेपाल प्रहरी २ गरी जम्मा १८ जनामात्र खटाउने मापदण्डमा उल्लेख गरीएको भएपनि देउवा प्रधानमन्त्री वने लगतै मापदण्ड उल्लघन गर्दै पुन सुरक्षाकर्मी थपिएको छ । गृहमन्त्रालयका सचिव महेश्वर न्याउपानेले सचिवस्तरीय निणर्य गर्दै अध्यक्ष दाहालको सुरक्षामा डिएसपीको नेतृत्वमा थप प्रहरी खटाउन निर्देशन दिएका छन् । सचिव नेउपानेको निर्देशन लगतै शनिवारवाटै प्रहरीका विनोद घिमिरेको नेतृत्वमा थप एक दर्जन प्रहरी दाहालको निवास खुमलटार पुगी सकेका छन् अव दाहालको सुरक्षामा डिएसपी सहितको प्रहरी गाडी अगुवा र सशस्त्र प्रहरीको गाडी पछुवाका रुपमा खटिने छन् । यो सुरक्षा निर्वतमान प्रधानमन्त्री केपी ओलीको भन्दा बढी हो । ओलीको सुरक्षामा इन्सपेक्टर माधव केसीको नेतृत्वमा नेपाल प्रहरीको टोली खटिएको छ ।

ओली प्रधानमन्त्री रहदा पनि केसीको टोली नै वालुवाटारमा खटिएको थियो । पूर्वपदाधिकारीहरुको सुरक्षामा लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी झण्डै एक हजार सुरक्षाकर्मी खटाइएकोमा ओली सरकारले त्यसलाई कटौती गरी केही सुरक्षाकर्मीहरुलाई फिर्ता वोलाएको थियो । त्यसवेला दाहालले माओवादीका पूर्व लडाकु प्रकाश पाण्डे सहितलाई आफ्नो सुरक्षामा खटिएका थिए । तर अहिले आफ्नै दलले देउवालाई प्रधानमन्त्री वनाएको भन्दै फेरि सुरक्षाकर्मी थपाएका छन् । देउवाले प्रधानमन्त्री हुँदा नियम कानुनलाई उल्लघन गर्दै पहिला पनि अनेक वेथिति गर्दै आएका थिए अहिले फेरि त्यो कार्य शुरु भएको छ ।

footer