kumari
stcnepal

प्रचण्डलाई थप सुरक्षा, एमसीसी पास हुने

 

काठमाडौं । यहि साउन १५ भित्रै संसदबाट एमसीसी पारित गर्ने सत्ताधारी पार्टीबीच सहमति भएपछि ओली सरकारका पालामा विरोधमा उभिएका प्रचण्डलाई सुरक्षा थ्रेट भयो भन्दै डीएसपीको नेतृत्वमा ६० जनाको सुरक्षा दस्ता खटाइएको छ । प्रचण्डलाई कुन तत्वले थ्रेट दियो, सरकारले खुलाएको छैन । थ्रेट गर्नेलाई पक्राउ र कारवाही गर्ने कि एकै व्यक्तिको सुरक्षामा ५ दर्जन सुरक्षाकर्मी खटाउने हो ? यसबाट पनि देउवा सरकारको कार्यक्षमता कति कमजोर छ भन्ने देखिन्छ ।
ओली सरकारले संसदमा पेश गरेको एमसीसी प्रस्तावको बिरोधमा उभिएका प्रचण्ड सरकार परिवर्तन हुनासाथ के किन कस्तो कारणले एमसीसी तत्काल पास गर्ने सहमति गर्न पुगे, रहस्यमय बनेको छ । एमसीसी पारित गर्नकै लागि सरकार परिवर्तन गरिएको रहस्य बिस्तारै खुल्दै गएको विश्लेषण हुनथालेको छ ।
एमसीसी पारित गर्ने सहमतिमा कांग्रेस, माओवादी केन्द्र र मधेशवादीका बीचमा सहमति भएको छ । राप्रपाले पनि भित्री रुपमा सहमति जनाएको बुझिएको छ । तर एमसीसी पारित गर्नैपर्छ भन्ने केपी ओली नेतृत्वको संस्थापन एमालेसँग किन वार्ता गरिएन, यो चाहिं अर्को रहस्य हो । एमसीसी संसदको सामान्य बहुमतबाट पारित गरे पनि हुन्छ । एमालेले बिरोधमा मतदान गर्न नसक्ने भएकाले एमसीसी अब दुई तिहाइ बहुमतबाट पारित हुने वातावरण बन्दै गएको छ ।
यही सब वातावरण बुझेर चीन खुलेर अगाडि आएको छ । पास गर्दा अमेरिका, भारत, युरोप खुशी हुने भए पनि चीन र रुससँग कूटनीतिक सम्बन्ध बिग्रने आँकलन हुनथालेका छन् । एमसीसीका प्रावधानलाई राम्ररी बुझ्ने,पढ्नेहरु भन्छन्– एमसीसी पारित भयो भने अमेरिकी सेना नेपालमा आउने छ । चीनविरुद्ध लक्षित एमसीसीका कारणले नेपाल भूमरीमा पर्ने निश्चित छ ।

footer