kumari
stcnepal

नेपालमा लुट्दै आईल्याणडमा रकम थुपार्ने को को हुन् नेपाली ।

 

काठमाडौँ गैर कानुनी रुपमा धन कमाएर धन लुकाउन सजिलोे मानिने ट्याक्स हेमन मुलुकमा कम्पनी खोलेर केही नेपाली धनाढयहरुले लगानी र शेयर खरिद विक्रि गरेको विषयमा विस्तृत रिर्पोट सार्वजनिक भएको छ । अन्तराष्ट्रिय खोज पत्रकारहरुको सञ्जाल आईसीआइजेको संयोजनमा खोज पत्रकारीता केन्द्र (खोपको ) नेपालले सार्वजनिक गरेको एउटा रिपोर्टमा केही व्यक्ति र केही व्यापारिक धरानाले अफसोर कम्पनी खोलेर गोप्य लगानी गरीरहेको उल्लेख गरीएको छ ।

विगतमा पनि पानामा पेपर्स प्याराडाइज पेपर्स फिनसेन फाइल्स सार्वजनिक गरेको र्आइजेले यस पटकको रिपोटिङ्गलाई प्यान्डोरा पेपर्स नाम दिएको छ । यसलाई हालै सम्मको सबै भन्दा ठूलो भनेको छ । १ सय १७ देशका ६०० सय भन्दा बढी पत्रकारहरुको सहभागीतामा खोपको तर्फवाट पत्रककार कृष्ण आर्चाय र रामु सापकोटा सहभागी भएका थिए । ९० देशका ३३० भन्दा धेरै राजनितिक कर्मी विभिन्न देशका राष्ट्रपति प्रधानमन्त्री, मन्त्रीहरु, व्यवसायी, उद्योगी, सरकारी कर्मचारी, सेलिबे्रटी र अपराधमा समलग्न भएकाहरुले समेत अफसोर खाता र सेल कम्पनी मार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाईरहेको दावी प्यान्डोरा पेपर्समा गरीएको छ । नेपालका भने राजनितिक, सरकारी अधिकारी, सेलिव्रेटी र अपराधमा संलग्न व्यक्तिहरुको लगानी नभएको भेटिएको छ ।

कर प्रणाली पारदर्शि नहुने र जवाफदेहीता नखोजिने ट्यान्स हेमन मुलुक व्रिटिस भर्जिन आइल्यान्डसमा नेपालका एकमात्र डलर अरवपति तथा प्रतिनिधिसभाका सदस्य विनोद चौधरी र उनको परिवारका सदस्यहरुको नाममा कम्पनी खोली विभिन्न देशमा कारोवार गरेको प्यान्डोरा पेपर्समा उल्लेख गरिएको छ । ति कम्पनीहरुमा विनोदकी श्रीमती सरिकादेवि र उनका तिनवटा छोरा निर्वाण, बरुण र राहुलका नाममा रहेका छन् । त्यसैगरी अर्को ठूला व्यापारी धरानका गोल्छा अर्गनाईजेसनले पनि त्यहाँ कम्पनी खोलेर कारोवार गरीरहेको छ । गोल्छा अर्गनाईजेसनका लोकमान गोल्छा उनका दिवगत भई सकेका दुई भाई, उनीहरु काका छोरा चन्द्रकुमार गोल्छा, दिवाकर गोल्छा, हितेश गोल्छाका नाममा पनि आइसल्याडमै कम्पनी खोलेको रिर्पोटमा उल्लेख छ ।

केही समय पहिला प्रकाशित भएको खोपका रिर्पोटमा अजय सुमार्गी , अर्जुन प्रसाद शर्मा र किशोर रानाको लगानीमा थप कम्पनी खोलिएका रिर्पोटमा उल्लेख गरिएको छ । यस वाहेक राजेन्द्र शाक्य, सुहुदर्शन घिमिरे पुरुशोत्तम पौडेल सुधिर मित्तल र भारतीय नागरिक राधेश्याम शराफको नाम र विवरण पनि रिपोर्टमा उल्लेख भएकोले अब नेपाल सरकाले त्यस्को खोजवीन गरी त्यहाँ रहेको सम्पूर्ण रकम नेपालमा ल्याउनु पर्ने आवश्यकता देखिन्छ । के कम्फर्टेवल सरकारले चौधरी लगायत समार्गीको रकम नेपाल ल्याउन पहल गर्लात ?

 

footer