kumari
stcnepal

नेपोलीलाई हराउँदै युभेन्टसलाई शीर्ष स्थानमा १६ अंकको अग्रता

युरोपका उत्कृष्ट ५ लिगमध्येको एक्लो अपराजित टिम युभेन्टसले इटालियन सिरी एमा शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको छ । सिरी ए अन्तर्गत आइतबार राति नेपोलीलाई उसकै मैदानमा २–१ ले पराजित गर्दै युभेन्टसले शीर्ष स्थानमा १६ अंकको अग्रता कायम गरेको हो ।

लिगको २६ खेल सकिँदा युभेन्टसले २३ जित र ३ बराबरी खेल्दै ७२ अंक बनाएको छ । दोस्रो थानमा रहेको नेपोलीको ५६ अंक छ । ४८ अंक जोडेको एसी मिलान तेस्रो ४७ अंकका साथ इन्टर मिलान चौथो र ४४ अंकका साथ एस रोमा पाचौं स्थानमा छन् ।

पहिलो हाफमै लिएको अग्रता जोगालन सफल भएपछि खेल युनेन्टसले जित्यो । खेल हारे पनि नेपोली घरेलु मैदानमा निकै उत्कृष्ट खेल खेलेको थियो । युभेन्टसलाई निरन्तर दबाबमा राखेपनि उसले खेल आफ्नो पक्षमा पार्न सकेन ।

२८ औं मिनेटमा डिबक्सको ठीक बाहिरबाट फ्रिकिकमा मिरालेम पियानिचले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । स्टार क्रिस्टियानो रोनाल्डोलाई नेपोलीका किपर एलेक्स मेरेटले खराब ट्याकल गरेपछि युभेन्टसले फ्रिकिक पाएको थियो भने मेरेटले सिधै रेडकार्ड पाए ।

१० खेलाडीमा सीमित बनेको नेपोलीले ३९ औं मिनेटमाप पुनः अर्को गोल खायो । युभेन्टसका इमर क्यान गोल गर्दै ग्रता दोब्बर पारे । पहिलो हाफमै २–० को अग्रता लिएको युभेन्ट्स पनि दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा सीमित बनेको थियो । ४७औं मिनेटमा पियानिज दुई एल्लो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

त्यसपछि भने नेपोलीले युभेन्टसलाई थप दबाबमा राखेको थियो । फलस्वरुप जोसे कलेजोनले ६१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फार्काएका थिए । तर, खेलपमा पकड बनाए पनि त्यसपछि कुनै गोल गर्न नसक्दा नेपोली पराजित भयो ।

footer