kumari
stcnepal

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

आजबाट विराटनगरस्थित सहिद रंगशालामा सुरु भएको पाचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटलब प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले कमजोर भुटानलाई ३–० ले पराजित गर्‍यो । योसँगै नेपालले भुटानविरुद्ध शतप्रतिशत जितको श्रृंखलालाई पनि निरन्तरता दियो । यसअघिका दुई भिडन्तमा नेपाल समान ८–० ले विजयी भएको थियो ।

सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको नेपालले १३ औं मिनेटमा अग्रता लियो । मञ्जलीले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । पहिलो गोल गरेको तीन मिनेटपछि नै नेपालले अग्रता दोब्बर बनायो । नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारीले भुटानको डिफेन्सको गल्तीको फाइदा उठाउँदै १६औं मिनेटमा गोल गरिन् ।

पहिलो हाफमा २–०को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप १ गोल ग¥यो । कप्तान निरुले सावित्राको पासमा ५४ आंंै मिनेटमा गोल गर्दै नेपाललाई ३–०को अवस्थामा पुर्‍याइन् ।

समूह एमा रहेको नेपालले समूह चरणको चैत २ गते बंगलादेशसँग खेल्ने छ । घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य लिएको नेपालले प्रतियोगितामा भारतबाहेक सबै टोलीविरुद्ध शतप्रतिशत नतिजा निकालेको छ । साफ च्याम्पियनसिपमा नेपालले ४ खेल मात्र गुमाएको छ । ति चारै खेल नेपालले भारतसँग गुमाएको हो । प्रतियोगिता अन्तर्गत बुधबार चारपटकको विजेता भारत र माल्दिभ्स भिड्ने छन् ।

footer