kumari
stcnepal

महिला साफ च्याम्पियनपसिपको उपाधि भारतलाई, नेपाल उपविजेतामै सीमित

महिला साफ च्याम्पियनपिस फुटबल प्रतियोगितामा नेपाल चौथौ पटक फाइनलमा पुगेर नेपाल उपाधि जित्नबाट वञ्चित भएको छ । भारतसँग लगातार चौथो फाइनलमा भारतसँग पराजित हुँदै नेपाल चौथो पटक उपविजेतामै सीमित बन्यो ।

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ ले पारजित हुँदै पुनः उपाधि जित्नबाट वञ्चित बनेको हो । योसँगै भारतले भने लगातार पाचौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । प्रतियोगितामा शतप्रतिशत नतिजा निकलोको भारत सबै संरकणको च्याम्पियन हो ।

नेपाललाई घरेलु मैदानमा पराजित गर्दै भारतले लगातार पाचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा भारतले नेपालमाथि ३–१ को सहज जित निकाल्यो ।

खेलमा भारतले सुरुवाती अग्रता लियो । २६ औं मिनेटमा मिडफिल्डर डालिमा छिब्बरले फ्रिक्किमा उत्कृष्ट गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ३३ औं मिनेटमा साम्बा अर्थात् सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । साम्बाले गीता राई क्रसमा हेडिङ मार्फत् गोल गरेकी थिइन् ।

पहिलो हाफामा भारतलाई दबाबमा राखेको नेपालले दोस्रो हाफमा भने आफ्नो लय गुमायो र २ गोल खायो । दोस्रो हाफमा नेपालले लागतार मिस पास खेल्न भारत खेलमा पकड कायम गरेको थियो ।

नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै भातरले पुनः खेलमा अग्रता लियो । ६३औं मिनेटमा भारतकी ग्रेस दाङ्तेइले डिफेन्सको गल्तीमा वान भर्सेस वानमा गोल गर्दै गरेकी थिइन् । त्यसपछि झन लय गुमाएको नेपालले ७८ औं मिनेटमा अर्को गोल खायो । डिफेन्सले राम्रोसँग मार्क गर्न नसक्दा अन्तु तामाङले गोल गरिन् ।

footer