kumari
stcnepal

कोरियन भाषा परीक्षाको शुल्क भुक्तानी ‘आइएमई पे’मार्फत

काठमाडौं । इपिएस कोरियन भाषा परीक्षाको आवेदन शुल्क ‘आइएमई पे’मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

८ चैतदेखि १७ गतेसम्म ‘आइएमई पे’का सम्पूर्ण एजेन्ट पार्टनरका साथै सेवाग्राही आफैँले ‘आइएमई पे’ डाउनलोड गरी परीक्षा शूल्क भुक्तानी गर्न सकिने बताइएको छ ।

‘आइएमई पे’का सम्पूर्ण एजेन्ट पार्टनरले सेवाग्राहीको फारम भर्ने काममा सहजीकरण गर्ने आइएमईले जनाएको छ ।

परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीको पूरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीले टिपाएको निजको मोबाइल नम्बरमा एसएमएसमार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने वेलामा प्रयोग गर्नुपर्नेछ ।

footer