kumari
stcnepal

चितवनमा वडाध्यक्षलाई दुर्व्यवहारको आरोपमा दुई जना पक्राउ

चितवन । चितवनको कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार वडाध्यक्ष रिजाललाई दुर्व्यवहार गरेको आरोपमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एक जनालाई पक्राउ गरिएको हो । यही फागुन २३ गते वडा कार्यालयमा सेवाग्राही सँग बसिरहेका बेला वडाध्यक्ष रिजाल माथि ६/७ जना रहेको समूहले दुर्व्यवहार गरेको थियो ।

पक्राउ परेकाहरू विप्लव नेतृत्वको नेकपा छोडेका र विप्लवको नाम बाट धम्काउने गिरोहका सदस्य भएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । उनीहरूको समूहका अन्य व्यक्तिलाई पनि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ । वडाध्यक्षलाई दुर्व्यवहार गरेको विरोधमा कालिका नगरपालिकाले फागुन २५ गते एक दिन सेवा समेत बन्द गरेको थियो ।

 

 

 

footer