आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एक वर्षभित्रै देशमा ठूलो परिवर्तन गर्छाैं : प्रचण्ड

377
shares

रामपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताएका छन्।

आइतबार पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उनले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको दाबी गरे।

विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, संविधानअनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता तथा दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को भएको अध्यक्ष दाहालले बताए।

सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धी हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको ५ वर्षमा प्रत्येक नागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पारे।

उनले सरकारको आलोचना गर्नेलाई ५ वर्षमा हुने परिवर्तनबाट जवाफ मिल्ने धारणा राखे। रासस

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports