काठमाडौं- उद्योगपति विनोद चौधरी र अर्थविद् डा स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसको महासमिति सदस्यमा मनोनित गरिएको छ। सभापति शेरबहादुर देउवाले उनीहरुलाई पार्टीको महासमिति सदस्यमा मनोनित गरेका हुन्।
महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका गोरखाका वाग्ले र चौधरी महासमिति सदस्य मनोनित भएका छन्।
सभापति देउवाले पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि मंसिर २८ गते महासमिति सदस्य मनोनित गरेका थिए।
उनीहरु काठमाडौंमा जारी महासमिति बैठकमा सहभागीसमेत भएका छन्।
देउवाले यसअघि पाँच जनालाई महासमिति सदस्य मनोनित गरेका छन्।
चौधरी कांग्रेसका सांसद हुन्। उनी पार्टीका तर्फबाट समानुपातिक कोटामा सांसद भएका हुन्।