विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उद्योपति चौधरी र अर्थविद् वाग्ले पनि अब कांग्रेसमा महासमिति सदस्य

2.26K
shares

काठमाडौं- उद्योगपति विनोद चौधरी र अर्थविद् डा स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसको महासमिति सदस्यमा मनोनित गरिएको छ। सभापति शेरबहादुर देउवाले उनीहरुलाई पार्टीको महासमिति सदस्यमा मनोनित गरेका हुन्।

महासमिति बैठकमा सहभागी हुन सभापतिले दश जना मनोनित गर्न पाउने कांग्रेसको विधानअनुसार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका गोरखाका वाग्ले र चौधरी महासमिति सदस्य मनोनित भएका छन्।

सभापति देउवाले पर्साका अनिलकुमार रुंगटा, सर्लाहीका शम्भुलाल श्रेष्ठ र दीपक अधिकारीलाई पनि मंसिर २८ गते महासमिति सदस्य मनोनित गरेका थिए।

उनीहरु काठमाडौंमा जारी महासमिति बैठकमा सहभागीसमेत भएका छन्।

देउवाले यसअघि पाँच जनालाई महासमिति सदस्य मनोनित ‍गरेका छन्।

चौधरी कांग्रेसका सांसद हुन्। उनी पार्टीका तर्फबाट समानुपातिक कोटामा सांसद भएका हुन्।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports