kumari
stcnepal

माओवादीको निर्णयलाई पर्खदै कांग्रेस–एमाले राष्ट्रपतिको पदलाई विभाजित नबनाइयोस्

काठमाडौ । नेपाली कांग्रेसले माओवादीको सहयोग र समर्थनमा नै राष्ट्रपतिको उम्मेदवारको नाम टुँगो लगाउने भएको छ । माओवादीले एक दुई दिन भित्रमा राष्ट्रपतिको बारेमा निर्णय गर्ने बताइसकेको छ । राष्ट्रपतिको निर्वाचन माओवादी केन्द्र निर्णयक रहेकाले कांग्रेस र एमाले हेर र बस भन्ने अवस्थामा पुगेका छन् ।

नेकपा एमालेले भने पुस १० गते पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिमा नै राष्ट्रपति आफ्नो पार्टीले पाउने भद्र सहमति भएनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने बताइरहेको छ ।

तर नेपाली कांग्रेसले पुस २६ गते प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिँदा कांग्ेस सहितका प्रायः सबै दलले आफूलाई विश्वासको मत दिएको हुनाले राष्ट्रपति, राष्ट्रिय सहमतिकै आधारमा चुनिनुपर्ने प्रधानमन्त्री दाहालको अडान रहेको छ ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चुनिनुपर्ने बताएपछि कांग्रेसले राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने भन्दै प्रधानमन्त्री दाहाललाई फकाईरहेको छ । त्यही कारणले गर्दा कांग्रेसले दाहाल सरकारका काम कारबाहीका बारमो एक शब्द सम्म बोलेका छैन भने नेकपा एमालेको भने विरोध गरिरहेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । प्रधानमन्त्री दाहालले के पौडेललाई राष्ट्रपतिमा स्वीकार गर्लान् त ? नेकपा एमालेले के पौडेललाई स्वीकार गर्ला त ?

कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सहमति गरेर दलभन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउन सक्ने सम्भावना रहेको छ । तर राष्ट्रपति पद भनेको संयोजनको भूमिकामा रहने भएकाले गर्दा राजनीतिक दल भन्दा बाहिरका व्यक्तिलाई उक्त पदमा लैजानु उपर्युक्त हुन सक्दैन ।

एउटा राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोजिनु कुनै सर्तमा पनि उपर्युक्त हुन सक्दैन ।

माओवादी केन्द्रको सहयोग जुन पार्टीका उम्मेदवारलाई हुन्छ त्यसैको जित हुने भएकाले गर्दा अन्य साना दल पनि त्यसैसँग टाँसिने सम्भावना रहेको छ । माओवादी केन्द्रले कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको खण्डमा सत्ता गठबन्धन टुट्न सक्छ । कांग्रेसले चाहेको त्यही हो ।

उसले अहिलेको गठबन्धनलाई टुटाएर एमालेलाई बाहिर राखेर आफू सत्तामा जाने रणनीति लिएको छ । त्यसबेला कसरी राष्ट्रिय सहमति बन्ला त ? एमालेलाई सत्ता बाहिर राख्नैका लागि दाहालले राष्ट्रिय सहमतिको कुरा उठाएको हो भने त्यो दाहालकै लागि घातक सावित हुन सक्छ ।

नेकपा एमालेले कसलाई उम्मेदवार बनाउँछ त्यसको अहिलेसम्म टुँगो लागिसकेको छैन । एमालेले माओवादी केन्द्रले उठाएको उम्मेदवारलाई समर्थन गरेको खण्डमा सत्ता गठबन्धन टुट्नबाट बच्न सक्ने सम्भावना समेत रहेको छ । यदि त्यसो भएमा नेपाली कांग्रेसको सपना सबै हावामा उड्ने अवस्था आउन सक्छ ।

माओवादी केन्द्रले कांग्रेसलाई सहयोग गरेको खण्डमा एमालेले माओवादीलाई नै राष्ट्रपतिको उम्मेदवार खडा गर्न आग्रह गर्न सक्ने सम्भावना समेत देखिएको छ ।

यी सबै विकल्पहरु जिवितै रहेका भएपनि आफ्नो अस्थिर राजनीतिक चरित्रबाट पार पाउनका लागि प्रधानमन्त्री दाहालले पुस १० गते नेकपा एमालेसँग भएको भद्र सहमतिलाई कार्यान्वयन गरेर अघि बढ्नु नै उनको हितमा हुनेछ र आफ्नो अस्थिर राजनीतिक चरित्रलाई सुधार गरेर अघि बढ्ने बाटो समेत उनलाई खुल्न सक्छ ।

footer