आउँदो फागुन २१ गते हुने भनिएको संसदको निर्वाचन हुनेमा अझै आंशका रहेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस महासमिति बैठक : गुटले पार्टी पराजित

429
shares

काठमाडौं- नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी सदस्यहरुले पार्टीको आन्तरिक कमजारीले  पार्टी पराजय भोगेको बताएका छन्।

आइतबार राजधानीमा सुरु भएको बन्दसत्रमा बोल्ने महासमिति सदस्यहरूले पार्टीमा गुटबन्दी हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। शीर्ष नेताहरूको कार्यक्षमता र कार्यशैलीमा पनि सहभागीहरूले प्रश्न उठाएका छन्।

जारी बैठकमा दुई दर्जन सदस्यहरूले आफ्नो विचार राखिसकेका छन्। बैठकका सहभागीलाई बोल्नका लागि ४ मिनेटको समय निर्धारण गरिएको छ। निर्धारित समयमा आफ्नो बोली नसके माइक स्वतः बन्द हुने बनाइएको छ।

महासमिति सदस्यहरूबाट एक सय ६५ निर्वाचन प्रति निर्वाचन एक जना बोल्न पाउने व्यवस्था गरिएको छ।

महासमितिले सदस्यहरूले बोल्ने क्रममा पार्टीको बृहत्तर हितका पक्षमा विचार राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।

सदस्यहरुको विचार स्वतन्त्र रुपमा राख्न समय उपलब्ध गराएको उनले बताए।

महासमिति बैठकमा विधान भने पेस हुन सकेको छैन। महासमिति बैठकसँगै केन्द्रीय समितिले विधानमाथिको छलफल जारी रहने उनले बताए।

मंगलबारसम्म सकिने भनिएको बैठक एक दिन लम्बिने भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports