kumari
stcnepal

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको निधन

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-२ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ पाँच बजे इच्छाकामना-२ रमाइलो डाँडा स्थित भित्री सडकखण्डमा शक्तिखोर तर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट ४०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं. ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवहरू पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

footer