kumari
stcnepal

अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु, बलात्कारको आशंका

विराटनगर । मोरङको सुन्दर हरैचा – ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ ।

शुक्रबार साझ घर बाट हराएकी २१ महिने बालिका घर नजिकैको घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आज बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । ‘यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटे पछि आफन्तले गछिया मेडिकलमा लगेका रहेछन्’ उनले भने ‘गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो ।’

बेलुका ४ बजेदेखि हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजे तिर भेटिए पछि अस्पताल लगिएको उनले बताए । अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट छ । घटना शंकास्पद भएकाले अनुसन्धान भइरहेको मोरङमा प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । बालिकाको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

 

 

footer