kumari
stcnepal

मालपोतका खरिदार बस्नेत विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेत विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा नामसरी गर्ने क्रममा सेवाग्राही सँग एक लाख ३५ हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घुस लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

 

 

 

footer