kumari
stcnepal

एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटे

दाङ । बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता मोहन बानियाँ पाँच लाख रूपैयाँ धरौटीमा छुटेका छन्।

जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । माघ १९ गते नेपालगञ्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिला माथि बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा बानियाँ विरूद्ध उजुरी परेको थियो । पीडित महिलाले २७ माघमा उजुरी दिएपछि फागुन १६ गते नेपालगञ्ज विमानस्थल बाट उनी पक्राउ परेका थिए । पक्राउ परेपछि उनी प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा समेत परेका छन् ।

 

 

 

 

footer