kumari
stcnepal

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नाबालिग माथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले शाह माथि अनुसन्धानका लागि अदालतले थप ५ दिनको समय प्रदान गरेको जानकारी दिए । फागुन १५ गते पक्राउ परेका शा हमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो ।

तनहुँ जिल्ला अदालतले दोस्रो पटक फागुन २२ गते १२ दिनको समय दिएर शाह माथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिए पछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाह माथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताएको छ ।

अनुसन्धानको समय नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिल मार्फत अनुसन्धानको लाथि थप समय मागेको हो ।

 

 

 

footer