kumari
stcnepal

भाउजु हत्या आरोपमा देवर पक्राउ

रौतहट। प्रहरीले भाउजु हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ ।

४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका-२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ । पक्राउ परेका महतो माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

footer