kumari
stcnepal

यूएई बाट त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्याय पक्राउ

काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा नेपालीलाई यूएई पठाउने कार्यमा संलग्न रहेको आरोपमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्याय यूएईमा पक्राउ परेका छन् ।

त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक उपाध्यायले नेपालीलाई यूएईमा अलपत्र पारेको र ठगी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी त्यहाँको प्रहरीले नेपाली दूतावासलाई गराएको छ ।

यूएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री बीच यूएईमा अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउने विषयमा सहमति भएको थियो ।

 

 

footer