kumari
stcnepal

उदयपुरगढीमा आगलागी बाट ७ घर जले, एकको निधन

उदयपुर।  उदयपुरको उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागी बाट ७ घर जलेर नष्ट भएका छन् ।


दिउँसो भएको आगलागी बाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको मृत्यु भएको हो । आगलागी बाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट सात घर जलेर खरानी सँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए ।
आगलागी बाट अन्नपात, लत्ताकपडा सवै जलेका छन् ।

 

 

 

footer