kumari
stcnepal

ट्याक्टर दुर्घटना हुँदा डोटीमा एकको निधन

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो सोमबार स्थानीय तिनट्टे भन्ने ठाउँमा से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गौरीगङ्गा नगरपालिका–४ कैलाली घर भएका ट्याक्टर चालक ज्ञानबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा अछामको चौरापाटी गाउँपालिका–३ का नरबहादुर भुल घाइते भएका छन् र उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

 

 

footer