kumari
stcnepal

आज थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षणमा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट ८६ जना निको भएका छन् भने हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये १ हजार १४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

मंगलबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

footer