kumari
stcnepal

मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढ्यो

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाए सँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । ‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार दिने भनेर उल्लेख गरिएको थियो । तर, कार्यविधि बनेको थिएन । अहिले कार्यविधि तयार भए सँगै भत्ता पाउने बाटो खुलेको हो,’ स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले भने ।

अबदेखि प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचार बापत मासिक ५ हजार पाउनेछन् । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तह बाट उक्त कार्यविधि अनुसार रकम उपलब्ध गराउन लागि पत्राचार गरेको छ ।

 

 

 

footer