kumari
stcnepal

आज थप २६ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४० जनाको पीसीआर परीक्षणमा २५ जना र १ हजार २५२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना बाट ७७ जना निको भएका छन् भने हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्‍ये १ हजार ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी मध्ये १८ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बुधबार थपिए सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५३४ पुगेको छ । यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ३०५ जना संक्रमणमुक्त भएका छन् ।

 

footer