kumari
stcnepal

धोबीखोला कोरिडोरमा नवजात शिशुको शव फेला

काठमाडौं । धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै फोहोर फाल्ने ठाउँमा फोहोरसँगै शव भेटिएको हो ।

रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुर माथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

footer