kumari
stcnepal

सर्लाहीमा म्यादी प्रहरी बनाइदिने भन्दै ठगी आरोपमा युवक पक्राउ

जनकपुरधाम । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका – ७ बस्ने ३१ वर्षीय दीपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले म्यादी प्रहरी भर्ना छनोट हुने स्थलमै पुगेर पाँच हजार/सात हजार लिई भर्ना गराइदिन्छु भन्दै आएको पाइएको सर्लाहीका प्रहरी प्रवक्ता एजं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । चौधरीलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बुढाथोकीले बताए ।

यसअघि सप्तरी बाट पनि म्यादी प्रहरीमा भर्ना गराइदिने नाममा आवेदन कर्ता सँग रकम असुली गरेको आरोपमा एक युवक पक्राउ परेका थिए ।

footer