kumari
stcnepal

बौद्ध बाट अनलाइन बिङ्गो गेम खेलिरहेको आरोपमा १६ जना पक्राउ

काठमाडौं। प्रहरीले अनलाइन बिङ्गो गेम खेलिरहेको आरोपमा बौद्ध बाट १६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङ स्थित खाजा घर बाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुको साथ बाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

footer