kumari
stcnepal

मोटरसाइकल दुर्घटना हुँदा पोखरामा चालकको निधन

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाइकल आज बिहान पौने ४ बजेतिर अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकल चालक डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायतको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा आज बिहान ४ बजे मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

 

 

 

 

 

footer