kumari
stcnepal

जिप दुर्घटना हुँदा सल्यानमा सहचालकको निधन

दाङ । सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शारदा नगरपालिका–१ दारिमचौर बाट श्रीनगर तर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजे तिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

गाडी शारदा नगरपालिका वडा नं १ को दारिमचौर स्थित कच्ची सडक बाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक अर्जुन पौडेलले बताए । दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

footer