kumari
stcnepal

चाबहिल नापीका २ कर्मचारी घुस सहित लगनखेल बाट पक्राउ

काठमाडौं । नापी कार्यालय चाबहिलका २ कर्मचारीहरु एक लाख घुस सहित लगनखेल बाट समातिएका छन् । नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराई मंगलबार साझ अख्तियारको टोलीले लगनखेलको सडक बाटै गिरफ्तार गरेको हो ।

अख्तियार श्रोतले दिएको जानकारी अनुसार बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए । घुस रकम लिएर बूढानीलकण्ठ बाट निवास तर्फ गइरहेको बेला ललितपुरको लगनखेलको सडक किनारा बाट दुवै जनालाई १ लाख नगद सहित नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ ।

 

 

 

 

footer