kumari
stcnepal

चाँगुनारायण स्थित होटलमा कौडा खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरको चाँगुनारायण स्थित होटलमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटल बाट कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर बाट खटिएको प्रहरीले उनीहरूको साथ बाट नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

footer