kumari
stcnepal

कारको ठक्कर बाट लुभुमा दुई वर्षीय बालकको निधन

काठमाडौं । ललितपुरको लुभुमा कारको ठक्कर बाट दुई वर्षीय एक बालकको मृत्यु भएको छ ।

बा १६ च ३६८७ नम्बरको कारले हिजो साँझ साढे ५ बजे ठक्कर दिंदा रामेछाप घर भई लुभु बस्दै आएका दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्कर बाट घाइते बालकको उपचारको क्रममा ललितपुरको ईमाडोल स्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो । कार सहित चालकलाई नियन्त्रणमा लिइएको महानगरिय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ ।

 

 

footer